गाउँगाउँमा शेर बहादुर र रामचद्रको मान्छे हुँ भन्ने मानसिकता चिन्ताजनक छ : रामहरी खतिवडा
कपन अनलाइन
ओखलढुंगा ,मंसिर २६।
नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य रामहरी खतिवडाले गाउँगाउँमा शेर बहादुर र रामचद्रको मान्छे हुँ भन्ने मानसिकता हुनु चिन्ताजनक विषय रहेको बताएका छन। ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा संबोधन गर्दै खतिवडाले कार्यकर्ताहरुलाई संगठनमा सक्रिय हुन् निर्देशन दिएका थिए।
खतिवडाले नेपाली काङ्ग्रेस पार्टी कमजोर हुँदा नेपालमा लोकतान्त्रिक पद्धति र जनजिविकाको सवालहरु कमजोर भएको भन्दै कार्यकर्ताहरुले विभाजित मानसिकता त्यागेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए।
उनले काङ्ग्रेसले हार्दा देशमा भ्रष्टचार धेरै बढेकोले लोकतान्त्रिक पद्धतिनै खतरामा परेकोले सरकारको प्रतिकार गाउँबाटै शुरु गर्नु पर्ने समेत कार्यकर्ताहरुलाइ निर्देशन दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।