जमिनका कार्यकर्ताको भावना नबुझेर नेकपामा समस्या :उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौं ,मंसिर २५ ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जमिनका कार्यकर्ताको भावना नबुझेर नेकपामा समस्या भएको बताएका छन।
काठमाडौं क्षेत्र नं ५ (२ ) मा सं प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ (२ ) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीका सबै समस्याहरु नेताहरुले नबुझ्दा सार्वजनिक रुपमा प्रकट भएको बताएका छन।
आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ मा संचालन हुने योजना सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताको मर्म र भावना छोडेर मनोगत र व्यक्ति केन्द्रित विश्लेषण हुँदा समस्या आएको बाताउदै सबै नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राखेका छन।
पार्टी एकता गर्दा गरिएका प्रतिवदत्ता र समझदारीहरु बाट कोहि पनि भाग्नु नहुने बताउदै उपप्रधानमन्त्री पोखरेलले तल्लो कमिटीक कार्यकर्ता र जनताहरुको आवाज नसुने र नबुझे परिवर्तनकामी आन्दोलन कमजोर हुने धारणा राखेका छन।
नेपाली कम्युनिष्ट आन्दोलनले नया उचाई र आयाम प्राप्त गरेको समयमा व्यक्ति र। पद केन्द्रित बहसले कार्यकर्ता र जनतामा निराशा छाएको बताउदै पोखरेलले शिर्ष नेतृत्वले गम्भीर आत्म समिक्षा गर्नुपर्ने धारणा राखेका थिए