कतारी ओलम्पिक कमिटी महासचिव नेपाल आउदै

कपन अनलाइन

काठमाडौं,मंसिर १७।

कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन Jassim Rashid J.A. Albuenain बुधबार काठमाडों आउनु हुने भएको छ । उहाँसँग कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ । भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ ।

प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् । कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो । भ्रमण टोली बिहीबार स्वदेश फर्कनेछ ।

तपाइँको प्रतिक्रिया ।