मकवानपुरको राक्सीराङ गाउँपालिका-३ बाट २२ किलो गाँजाको धुलो बरामद

मकवानपुरको राक्सीराङ गाउँपालिका-३ बाट  २२ किलो गाँजाको धुलो बरामद

कपन अनलाइन

हेटौडा,मंसिर १३

मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो ।

दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।