बुढानिलकण्ठमा लैंगिक हिंसा निवारण कोष स्थापना ,१६ दिने अभियानमा विभिन्न कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौं ,मंसिर १०।
बुढानिलकण्ठमा लैंगिक हिंसा निवारण कोष स्थापना गरिएको छ। नगरपालिका भित्र हुने लैंगिक हिंसा निवारण ,रोकथाम ,सचेतना आदिका लागि लैंगिक समानता तथा समावेसीकरण नीति बनाउने क्रममा रहेको नगरपालिकाले कार्तिक २४ गते सो कोषको स्थापना गरेको महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा बमले जानकारी दिएकी छन।
नोभेम्बर २५ बाट शुरु हुने यस वर्षको लैंगिक हिंसा विरुद्धको दिवस कोरोना प्रकोपको अवस्थालाई ध्यान राख्दै मनाउन सचेतना र जागरणमा जोड दिने उनले बताएकी छन।
विगतका वर्षमा नगरपालिकाका विभिन्न महिला समुह तथा संघ संस्थाले कार्यक्रम ,र्याली ,अन्तरक्रिया लागयतका कार्यक्रम गर्दै आएकोमा यस वर्ष कोरोना संक्रमणको कारण स्वास्थ्य सुरक्षा मापदण्डमा रहेर गतिविधि गर्ने नगरपालिकाले जानकारी दिएको छ।
अभियानको पहिलो दिन जनप्रतिनिधि,कर्मचारी तथा अन्य व्यक्तित्वहरुलाई लोगो वितरण गर्ने योजना बनाएको नगरपालिकाले मंसिर २७ गते महिला जनप्रतिनिधिहरु संग लैंगिक समानता तथा समावेसीकरण नीति वारेमा छलफल गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ।
महिला विरुद्ध हुने हिंसा उन्मुलन दिवस कसरि स्थापना भयो ?
विश्व भर विभिन्न कार्यक्रमहरु आयोजनामनाइने १६ दिने अभियानकाको शुरुवात १९९९ बाट भए पनि यसको स्थापनाको ऐतिहासिक पक्ष भने सन् १९६० बाट शुरु भएको हो।
यो दिवसको स्थापना डोमिनिकन रिपब्लिकका तिन जना दिदि बहिनिहरु र उनीहरुको हत्या संग जोडिएको छ। सो देशका पेट्रीया,मिनर्भा र मारियाले स्वतन्त्रता र अधिकारका लागि गरेको आन्दोलन र उनीहरु माथि राज्यले गरेको दमन र हत्यालाई स्मरण गर्दै महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि यो दिवस मनाइदै आएको छ।
ति तिन दिदि बहिनिलाई डोमिनिकन रिपब्लिकका तत्कालिन त्रुजिलो तानाशाहले निरङ्कुश सरकार विरुद्ध आयोजना गरिएको भेला माथि हस्तक्षेप गर्दै पक्राउ गरेको थियो। पटक पटक जेल पर्दा पनि निरंकुस शासक विरुद्ध निरन्तर लड्दै आएका उनीहरुलाई पक्राउ परेको ११ महिना पछि नोभेम्बर महिनाको २५ तारिकका दिन हत्या गरिएको थियो।उनीहरुको हत्या भएको १ वर्ष नबित्दै त्यहाको निरंकुस सत्ता ढलेको थियो।
धेरै कथा ,गीत ,नाटक ,कविता र लेखहरुमा सजिएका ति तिन दिदि बहिनिहरुका योगदानका गाथाहरु १९९९ मा संयुक्त रास्ट्र संघमा पुगेको थियो। डोमिनिकन रिपब्लिक सहित ७४ रास्ट्रले सो दिनलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउन गरेको प्रस्ताव डिसेम्बर १७ मा पारित गरिएको थियो।