जोरपाटी – सुन्दरिजल मुख्य  सडक विस्तारले गति लियो

कपन अनलाइन

काठमाडौं,मंगसिर ९  ।गोकर्णेश्वर नगरपालिकाको जोरपाटी –सुन्दरिजल मुख्य  सडक विस्तारले गति लिएको छ। जनप्रतिनिधि र स्थानीय सरोकारवाला संगको पटक पटकको छलफल पश्चात उक्त बाटो विस्तारको कामले गति लिएको हो ।

जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिर सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । विस्तारको क्रममा पक्कि संरचनालाइ हाल कुनै असर नगर्नेगरि अस्थाई संरचना हटाउने क्रममा पटक पटक जनप्रतिनिधि र सरोकारवाला संगको छलफल पश्चात उक्त काम अघि बढेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले जानकारी गराएका छन।

 चाडै  सडक  निर्माण  नहुँदा स्थानीयबासीले बर्षामा हिलो र हिउदमा धुलो खेप्नु पर्दा पटक पटक प्रदर्शनमा समेत उत्रिएका स्थानीयबासी सडक निर्माण चाडै सम्पन्न हुनेमा अझै बिश्वस्त हुन नसकेको बताउछन  ।

तपाइँको प्रतिक्रिया ।