जिरी ओपन चेसमा बद्रीलाल नेपालीको एकल अग्रता
कपन अनलाइन
दोलखा,मंसिर ६।
पर्यटकीय नगरी जिरीमाजारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् । शतप्रतिसत नतिजा निकालेका बद्रीलालले शुक्रबार सम्पन्नतेश्रो चरणको खेलमा सर्लाहीका रविन्द्र बहादुर थापालाई पराजित गरे भने चौथो तथापाँचौं चरणमा दोलखाका राजिव कार्की तथा सहदेव चौंलागाई माथि जित हात पारे । पाँच चरणको खेल पश्चात पाँच अंक बनाएका बद्रीलालले शनिबार हुने छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको सामना गर्नेछन् ।
युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालीकाको सहयोमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुँयाल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । यस अघि आशिषले तेश्रो तथा चौथो चरणमा क्रमशः ललितपुरका संजय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराए भने हेराकाजीले तेश्रो चरणमा रामेछापका दिलबहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्य माथिजीत हातपार्न सफल रहे ।
पाँचौ चरणको खेल पश्चात युवराज पौडेल, राजीव कार्की, रविन्द्र बहादुर थापा र संजय महर्जनले समान ४—४ अंक बनाएका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल, रामेछापका दिलबहादुर सुनुवार, दोलखाका सहदेव चौंलागाईं, केवल खत्री, दिपक बस्नेत, ग्यालजेन शेर्पा, मधुकुमार श्रेष्ठ, धर्मानन्ददाहाल, डेन्डु शेर्र्पा, विवेक कार्की तथा संजय सुनुवार समान ३—३ अंकबनाउन सफल भए ।
फिडेको स्विस लिग प्रणाली अनुसार सात चरणमा सम्पन्न हुने प्रतियोगितामा १० रेटेड सहितकुल ४२ जना खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता अन्तर्गत शनिबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।