रानीपोखरी समिप ‘शंखधर उद्यान’ मा शंखधर साख्वाः र पदमरत्न तुलाधरको शालिक अनावरण
कपन अनलाइन
काठमाडौं ,मंसिर ६।
काठमाडौंको रानीपोखरी र खुल्ला मंचको विचमा रहेको ‘शंखधर उद्यान’ मा शंखधर साख्वाः र पदमरत्न तुलाधरको शालिक अनावरण गरिएको छ।देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता व्यक्तित्वको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले ‘शंखधर उद्यान’ मा स्थापना गरेको शालिक अनावरण गरिएको हो।
यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ । महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफल र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो ।त्यस्तै धर्मभक्तकाे पुर्ख्याैली टाेल झाेँछेमा पनि महानगरपालिकाले उनकाे सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेकाे छ ।
११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन् । नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो ।
करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेका ती दुई शालिकको अनावरण गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरेका थिए।
०५६ साल मंसिर ३ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको स्मरण गर्दै मन्त्रि श्रेष्ठले ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित रहेको बताएका थिए।
त्वायस्मतै पन्थी आन्दाेलका अगवा तुलाधर र प्रजातान्त्रिक आन्दाेलनका अगुवा गणेशमा सिंहकाे विचमा शंखधरकाे शालिक निर्माण हुनु इतिहासकाे सम्मान भएको बताउदै श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जाने बताएका थिए।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिएका थिए।
उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा रहेको भन्दै प्रमुख शाक्यले उनिहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी लागेको र पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका धारणा राखेका थिए ।
सहरी विकास राज्यमन्त्री रामविर मानन्धर , वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल ,उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठ लगायत सहभागी रहेको कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको अनुभव सुनाएकी थिइन्।