टोखा क्षेत्रको संस्कृति संरक्षणका लागि १ करोडको अक्षय कोष बनाउने घोषणा

टोखा क्षेत्रको संस्कृति संरक्षणका लागि १ करोडको अक्षय कोष बनाउने घोषणा

कपन अनलाइन

काठमाडौं ,मंसिर २।

नेपाल सम्वत् ११४१ नयाँ वर्षको अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा  मनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष सामान्य रुपमा न्हुदँ ११४१ शुभकामना आदानप्रदान कार्यक्रम क्वाखः तलेजु मन्दिर परिसरमा मानाइएको हो ।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त विशेष कार्यक्रममा टोखामा चलाएमा १५ साँस्कृतिक दाफा भजन खलः, जीवितदेवी द्वय गणेश र कुमारी तथा तलेजु मन्दिर सञ्चालनार्थ टोखा नगरपालिकाले वर्षेनी प्रदान गरिदै आइरहेको सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा स्वर्गीय भाजुमान डंगोलका छोरा द्वय भाइमान र भिंद्यो डंगोलले चार महिनासम्मा सन्ध्याकालिन समयमा भजन गर्ने ६ वटा चतुर्मास दाफा भजन खलःलाई सम्मान स्वरुप जनहि पाँच/पाँच हजार रुपैयाँ   हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले संस्कृति संरक्षित क्षेत्रको  संरक्षणका लागि १ करोडको साँस्कृतिक अक्षय कोष स्थापना गर्ने घोषणा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।