कपन बहुमुखी क्याम्पसको निरीक्षणमा बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयाल

कपन अनलाइन

काठमाडौं ,मंसिर २।

बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयालले बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पसको निरीक्षण गरेका छन। व्यवस्थापन र शिक्षा संकायका विभिन्न विषयहरुको अध्यापन गराउदै आएको सो क्याम्पसको निर्माणाधीन भवन निरीक्षण गर्दै मन्त्रि फुयालले प्रदेस सरकार थप सहयोग गर्ने बताएका छन।

बागमती प्रदेस सरकारले क्याम्पस भवन निर्माणका लागि हालसम्म पटक पटक गरेर ८ करोड बजेट बिनियोजन गरेको छ।पाइलिंग पदत्ति बाट निर्माण भैरहेको सो भवन निरीक्षणमा मन्त्रि फुयाल संगै प्रदेस सभा सदस्य कुसुम कुमार कार्की , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई सहित क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो।

सो अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझाले निर्माण प्रगति र चुनौतीका वारेमा प्रस्ट पारेका थिए भने सो अवसरमा बोल्दै मन्त्रि फुयालले क्याम्पसले पूर्वाधार संगै शैक्षिक कार्यक्रममा पनि जोड दिनुपर्ने बताएका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।