पवित्र बागमती नदीको किनारमा नयाँ शहर बन्ने

कपन अनलाइन

काठमाडौं ,मंसिर २।

तिन नगरपलिकाको सहकार्यमा पूर्वी काठमाडौंमा नयाँ शहर बन्ने भएको छ। कागेश्वरी मनोहरा ,गोकर्णेश्वर र शंखरापुर नगरपालिकाको सहकार्यमा सुन्दरीजल दक्षिण बागमती नदी दायाँ बाया करिव ५ देखि  ६ सय रोपनीको क्षेरफलमा पूर्वी काठमाडौं जग्गा एकीकरण आयोजनाको पाइलट प्रोजेक्ट  संचालन हुने लागेको हो।

उक्त आयोजना संचालनका लागि २०७६ माघ १० गते कागेश्वरी मनोहरा नगरपालिकाले ५० प्रतिसत ,गोकर्णेश्वर नगरपालिकाले ३५ प्रतिसत र शंखरापुर नगरपालिकाले १५ प्रतिसत अनुदान प्रदान गर्ने समझदारी भए संगै आयोजनाको काम अगाडी बढेको थियो।

२०७६ फागुन २ गते  सो आयोजना संचालन हुन् वडाहरुमा ८ आना भन्दा कम नहुने गरि कित्ता काटकाको निर्णय गरेको आयोजना कार्यन्वयन व्यवस्थापन समितिको बैठकले नयाँ शहर विकासका लागि बिस्तृत परियोजना प्रतिवेदन तयारीको काम शुरु गरेको थियो ।

२०७७ साउन ११ गते तिन वटै नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यका प्राधिकरणलाई पत्राचार गरे पश्चात २०७७ असोज ६ गते सो कार्यालयले उक्त आयोजना संचालनका लागि स्वीकृति दिएको थियो।काठमाडौं  उपत्यका विकास प्राधिकरण ऐन २०४५ बमोजिम आयोजना व्यवस्थापन उप समिति गठन गरी आयोजना संचालन गर्न स्वीकृति दिएको प्राधिकरणलाई असोज २५ गते  बागमती नदी किनारमा सो शहर निर्माणको समितले अनुरोध गरेको थियो।

पवित्र बागमती नदीको किनारमा निर्माण हुने सो शहर निर्माणका लागि जग्गा एकीकरण  र अन्य तयारीका लागि आयोजनाको कार्यालय स्थापना गरेर काम शुरु गरेको समितिले आर्थिक वर्ष २०७७/७८ मा आयोजना क्षेत्रको टोटल सर्भे गर्ने जानकारी दिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।