कार्यविधि नबन्दा ऐतिहासिक मौलिकता झल्कने घर निर्माणमा समस्या : श्री कुमार श्रेष्ठ

कार्यविधि नबन्दा ऐतिहासिक मौलिकता झल्कने घर निर्माणमा समस्या : श्री कुमार श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, कार्तिक २४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला  संग्राहलय निर्माणको लागि शनिबार  शिलान्यास गरिएको छ । वर्क इन टाइम कन्स्ट्रक्सनले  (मु, अ कर सहित)  ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन लागेको सो संग्राहालय शिलान्यास कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

उनले आफु वडामा निर्वाचित भएको जेठ १० गते कार्यभार ग्रहण गरेको स्मरण गर्दै असार अघिनै भएको नगर सभामा नगर  बजेट ५८ करोड बजेट हुँदा वडा नं ४ लाइ ४ करोड बिनियोजन हुदा एउटा योजना ३५ लाख सम्मको राख्न पाएको बताए उनले त्यति बेला ठुला ठुला काम भएको बताए।  उनले समय घट्दै जाँदा नगरपालिकाले बजेट पनि बिस्तारै घटाउदै लागेको बताए।  यो वर्ष नगरपालिकाले २ अर्बको बजेट बनाए पनि वडालाई नगर स्तरीय र वडा स्तरीय गरि मात्र साढे  २ करोड रुपैया मात्र  बिनियोजन  भएको बताए । उनले वडामा धेरै काम भए पनि गर्न बाँकी कामहरु गर्नको लागि नगरपालिका पालिका बाट छुट्टिएको बजेट बाट सबै काम पुरा नहुने हुन कि  भन्ने चिन्ता लागेको बताए ।

उनले सो ठाउमा खानेपानि को समस्या रहेको बताउदै  ट्यांकी बाट वितरण हुदै आएको पानी  मेसिन चलाए पछि  हप्ताको २ पटक मात्र पानी  आउने हुँदा त्यसको लागि ट्यांकी व्यवस्थापन गर्नुपर्ने आवश्यकता समेत रहेको बताए ।उनले ट्यांकीको लागि जग्गा समेत अधिकरण गर्नु पर्ने आवश्यकता रहेको बताए ।पुरातत्व बिभागले समेत सो स्थानमा धेरै काम अघि बढाएको जानकारी दिए ।

उनले ऐतिहासिकता, मौलिकता झल्कने परम्परागत घर निर्माणको लागि नगरपालिकाले बजेट छुट्याए पनि कार्यविधि बनाउन नसक्दा बजेट खर्च हुन नसकेको पनि बताए ।नगरपालिकाले बजेटलाइ  कागजमा मात्र सिमित राखेर नहुने भन्दै कार्यविधि बनाई सो बजेट खर्च गर्ने बातावरण समेत बनाउनु पर्ने बताए । कुरा भन्दा पनि कामलाइ कार्यन्वयनमा लानको लागि सबैको पहल आवश्यक रहेको पनि बताए   ।

‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनकालागि स्थानीय स्तर बाट पनि प्रयास हुनु पर्ने भन्दै सो काममा वडाले सघाउने बताए । पर्व र समय बिशेष प्रदर्शन हुने नाच तथा बाद्यबादन, चालचलनलाई  संरक्षण  गरि  त्यसलाई व्यवस्थित गर्ने कामबाट पर्यटन प्रवर्धन हुने  र सो बाट  स्थानीयबासीको आयमा समेत  वृद्धि  हुने उनले बताए। गत वर्ष वडाले होम स्टे संचालनका लागि तालिम सहित अवलोकन भ्रमण कार्यक्रम राखेको  स्मरण गर्दै सो तालिममा सहभागी एक जनाले सोहि स्थानमा परम्परागत नेवारी खानाको परिकार सहित उपलब्ध हुने गरि होम स्टे संचालन गरेको उनले  बताए ।

तपाइँको प्रतिक्रिया ।