गोकर्णेश्वरको माकलबारीमा लायन्स क्लबको रक्तदान तथा मधुमेह परिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौं ,कार्तिक २३ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर तथा माकलबारी टोल सुधार समितिले बिभिन्न संघ संस्था संगको सहकार्यमा कार्तिक २२ गते शनिबार आकस्मिक रक्तदान तथा मधुमेह जनचेतनाका साथै परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ बागमती नर्थ, लायन्स क्लब अफ काठमाडौँ गुप्ती गणेश, लायन्स क्लब अफ काठमाडौँ एकेडेमिक, लायन्स क्लब अफ काठमाडौँ सिम्रिक, तथा लियो क्लब अफ काठमाडौँ गोकर्णेश्वर सहआयोजक रहेको सो कार्यक्रममा दुर्गम सेवा समाज गुम्बा , माकलबारी सिद्धार्थ टोल उपभोक्ता समिती,प्रगती महिला समुह,स्वाबलम्वी महिला समुह,शर्मा फर्निचर , माकलबारी भिमसेन निर्माण सामग्री सप्लायर्स प्रा. ली. , प्रो. चन्द्र ब श्रेष्ठ ( गणेश) ,प्रती औषधी पसल , अत्तरखेल( प्रेम घिमिरे)सबु मेडिकल , अत्तरखेल परिबर्तन महिला समुह , अत्तरखेल,मुक्ति नाथ महिला समुह ,नेपाल बुद्धिष्ट तामाङ सुधार समिती,लक्ष्मीनारायण महिला समुह,उन्नती टोल सुधार समिती,माकलबारी प्रहरी बिट,सिद्धार्थ महिला समुहको सहयोग रहेको थियो
शनिबार बिहान ८ बजे बाट माकलबारी स्थित सानोपुलमा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले आयोजित उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरे भने १६० जनाले मधुमेह परिक्षण गरेको लायन्स लिडर धर्मशरण श्रेष्ठले जानकारी गराए ।सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या नेपालमा पनि बढ्दै गएको छ ।
मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।नेपालमा पनि बिभिन्न कार्यक्रम गरि उक्त दिवस मनाउने गरिन्छ। विश्व मधुमेह दिवसको पुर्व सन्ध्यामा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका संघ सस्थाहरुको सहयोगमा मधुमेह सचेतना तथा परिक्षण गरेको आयोजकले जानकारी गराएको छ ।लायन्स क्लबले मधुमेहको क्षेत्रमा पनि काम गर्दै आएको छ।
उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ , क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, जी एम टि लायन धर्मशरण श्रेष्ठ, लायन पेमाछिरी शेर्पा लायन बिष्णु लामिछाने लायन बिनितराज अर्याल क्लब प्रेसिडेन्ट सुमन तिवारी लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।