चुनिखेलमा खानेपानी शुल्क विवाद

कपन अनलाइन

काठमाडौं ,कार्तिक २०।

चुनिखेलमा खानेपानी शुल्क विवाद सिर्जना भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा वितरण गरिएको खानेपानी लाइन जोड्न लाग्ने शुल्कका विषयमा विवाद सृजना भएको हो।

चुनिखेल टुपेक खानेपानी तथा सरसफाई समितिले सो क्षेत्रमा खानेपानीको धारा जडान शुल्क २० हजार ३ सय लिंदै आएकोमा एकाएक २५ हजार ३ सय बनाएको भन्दै स्थानीयहरुले विरोध गरेका छन।

सो क्षेत्रमा खानेपानी सेवा जडान गर्दा बुझाउनु पर्ने रकममा एकाएक फरक परेको स्थानीय सेवाग्राही मदन श्रेष्ठले बताएका छन।यस बारेमा समितिका पदाधिकारी र जनप्रतिनिधिहरुलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताउदै उनले यस वारेमा ठोस कदम चलन सरोकारवालाहरुलाई आग्रह गरेका छन।

स्थानीय निर्वाचनको दौरानमा वडा नं १३ का हरेक घरमा पानी सहितको धारा पुर्याउने प्रतिवदत्ता गरेका जनप्रतिनिधिहरुले सो क्षेत्रमा देखिएको विवाद समाधान गर्दै थप सेवा विस्तार गर्नुपर्ने एक स्थानीय नेताले बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।