बुढानिलकण्ठ नगरपालिकामा केन्द्र र प्रदेस सरकारका १ अर्ब २८ करोडका योजना

बुढानिलकण्ठ नगरपालिकामा केन्द्र र प्रदेस सरकारका १ अर्ब २८ करोडका योजना

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९।

बुढानिलकण्ठ नगरपालिकामा केन्द्र र प्रदेस सरकारका १ अर्ब २८ करोड २२ लाख ७८ हजारका योजनाहरु रहेका छन। बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा केन्द्र सरकारका १९ र प्रदेस सरकारका ४५ योजनाहरु रहेको जानकारी दिइएको छ।

बुढानिलकण्ठ नगरपालिकामा केन्द्र सरकारले ११ करोड ६२ लाख ५० हजार बजेट बिनियोजनगरेको  छ भने बागमती प्रदेस सरकारले १ अर्ब १६ करोड ६० लाख २८ हजार बजेट बिनियोजन गरेको छ।

आर्थिक वर्ष २०७७ /७८ मा बागमती प्रदेस सरकारका योजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा ९ योजना ,वडा नं ११ मा ८ योजना ,वडा नं १० मा ७ योजना ,वडा नं ८ मा ७ योजना ,वडा नं २ मा ३ योजना वडा नं ४ र ३ मा दुइ योजना र वडा नं १२,१,५,९ मा एक योजना रहेका छन भने दुई वटा खानेपानीका योजना नगरपालिकाका लागि रहेका  छन ।

त्यस्तै केन्द्र सरकारका तर्फ बाट  वडा नं २ मा ५ योजना ,वडा नं १० का २ योजना ,वडा नं ८ का ४ योजना ,वडा नं ५ का २ योजना रहेका छन भने वडा नं १३ ,३,४,९,७ मा विभिन्न योजनाहरु रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।