नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार हुदै

नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार हुदै

कपन अनलाइन

काठमाडौँ, कार्तिक १७ ।कोरोना संक्रमणका साथसाथै निमोनियाले पनि स्वास्थ्यावस्था बिग्रँदै गएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ। कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेता बिश्वकर्माको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

कोराना संक्रमण भएपछि उनी चार दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि भन्दै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य अबस्थामा थप गम्भिर भएपछि उनलाई शनिबार भ्यान्टिलेटरमा राखिएको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार उनलाई कोरोना संक्रमण रहेकै बेला निमोनिया भएको छ । निमोनिया भएपछि स्वासप्रस्वासमा समस्या आएपछि उनलाई भ्यान्टिलेटरमा राखेर उनको उपचारमा संलग्न चिकित्सिकहरुले बताएका छन् ।पूर्व मन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रिय अध्यक्ष हुन् । उनी २०६३ सालको अन्तरिक संविधानको मस्यौदाकार मध्येका एक हुन् भने उनी हाल प्रतिनिधिसभाको सदस्य समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।