पशुपति मन्दिरका भण्डारी केदारमानको रिहाइका लागि २३ संग संस्थाको माग

कपन अनलाइन

काठमाडौं ,कार्तिक १६।

पशुपति मन्दिरका भण्डारी केदारमानको रिहाइको लागि २३ वटा धार्मिक सघर्ष समितिको तर्फबाट संयुक्त विज्ञप्ती जारी गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाको उजुरीमा पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाइ पक्राउ गरी साइबर अपराधको मुद्दा लगाउने प्रहरीले  तयारी गरेपछि विभिन्न संघ संस्थाले उनको रिहाइको माग गरेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारी भण्डारीलाई प्रकाउ गरी अनुसन्धानका नाममा थुनामा नै राखिरहेको छ । प्रहरीले भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट यही बुधबार साइबर क्राइमको आरोपमा पक्राउ गरेको थियो ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापालाई सामाजिक संजालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रकाउ गरिएको  हो।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।

तपाइँको प्रतिक्रिया ।