बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त
कपन अनलाइन
काठमाडौं ,कार्तिक १५।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
उनको गत कात्तिकार्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो।त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौं ल्याइएको थियो।
तपाइँको प्रतिक्रिया ।