बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का विभिन्न योजनाहरुको निरीक्षणमा डा .राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,कार्तिक १५।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का विभिन्न योजनाहरुको निरीक्षण गरेका छन।
डा. भट्टराईले वडा नं ९ का नया कोलोनी कालोपत्रे,आदर्श नगरको बाटो र ढल निर्माण,बरफेदी खानेपानी योजनाको व्यवस्थापन ,मितेरीपुल र कोरिडोर निर्माण लगायतका योजनाको निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा ज्योतिनगर पुल र जनचोक सडक कालोपत्रेमा ठेकेदारको लापरवाहीका कारण ढिलाई भएको स्थानीयहरुको गुनासो सुने पश्चात डा. भट्टराईले सडक डिभिजन कार्यालय र ठेकेदार संग सम्पर्क गरेर चाडै समस्या समाधानका लागि पहल शुरु गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।
सो निरीक्षणमा वडा नं ९ की कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे ,वडा सदस्य परशुराम कार्की,नगर कमिटि सदस्य राम देवकोटा ,शान्ता नराल , नेकपा वडा नं ९ का अध्यक्ष गोविन्द कटवाल ,नेकपाका नेता प्रमोद ढकाल, तुलसी पनेरु ,तुलसीराम कंडेल ,शुभराम महर्जन दिलीप थिंग , महेंद्र श्रेष्ठ , मोहन जोशी राजेंद्र खनल ,माधव थपालिया, क्षेत्र श्रेष्ठ , केशव पौड़याल, शरद न्यौपाने लगायतको सहभागिता रहेको थियो।