कागेश्वरी मनोहरा नगरपालिका तथा वडा कार्यालयहरु कार्तिक १६ गते (आइतबार) बाट खुल्ने

कपन अनलाइन

काठमाडौं,कार्तिक १४। कागेश्वरी मनोहरा नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गरेको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले जारि गरेको सो बिज्ञप्तिमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र  कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजरगरि नगरपालिका कार्यपालिका तथा वडा कार्यलयबाट प्रदान गर्दै आएका सेवाहरु निम्न बमोजिम हुने उल्लेख गरिएको छ ।

१) कागेश्वरी मनोहरा नगरपालिका कार्यलय तथा वडा कार्यालयका सबै सेवाहरु २०७७ साल कार्तिक १६  गते आइतबार देखि आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पुरागरि सुचारु गरिने ।

२) नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल असोज ११ को निर्णय बमोजिम  कागेश्वरी नगरपालिका भित्र बसोबास गर्ने बिपन्न /अशक्त/असाहय/एकल महिला/ अपांगता भएका ब्यक्ति ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, जोखिम क्षेत्रमा कार्यरत  कर्मचारीहरुको कोभिड १९को निशुल्क पिसीआर परिक्षण र स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट मिति २०७७ साल कार्तिक ३ मा जारी परिपत्र बमोजिम कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पताल बाट गरिदै आएको निशुल्क पिसीआर परिक्षण सम्बन्धित वडा कार्यलयमा बिरामी वा निजको परिवारले निवेदन सहित प्रयोगशाला परिक्षणको लागि सो घोषणाको आवेदन दिएमा समबन्धित वडाको  सिफारिसमा नगर अस्पताल बाट प्रदान गर्ने उल्लेख गरिएको छ ।

३)साथै कागेश्वरी मनोहरा नगरपालिका बाट संचालित योजनाहरु तोकिएको मिति भित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई सम्बन्धित वडाले सम्पर्क गरि आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धि माप दण्ड पुरा गरि सुचारु गर्ने समेत उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।