तारेभिरमा यातायात सेवा संचालन

तारेभिरमा यातायात सेवा संचालन

कपन अनलाइन

काठमाडौँ,असोज ७।

काठमाडौं उपत्यकाको शिवपुरी पर्वत शृंखलाको काखमा रहेको तारेभिरमा यातायात सेवा संचालन भएको छ। संबिधान सभा सदस्य एबम हालका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले तारेभिर महोत्सवको आयोजना गर्ने क्रममा सो क्षेत्रमा सडक पूर्वाधार विकास गरेर यातायात संचालन गर्ने सपना स्थानीय लाई देखाएका थिए।

करिव २९ करोडको लगानीमा सो क्षेत्रमा सडक संजाल विस्तार भए संगै  सार्वजनिक बस सेवा  संचालनमा आएको छ।उक्त बस सेवाको कार्तिक ७ गतेदेखि  तारेभिरमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्ष्मण लामा गोले र नेकपा नेता गोकर्णेश्वरका हर्क तामाङले संयुक्त रुपमा उक्त बस सेवाको  शुभारम्भ गरेका थिए।

कोरोना भाइरस माहामारीको जोखिमलाइ ध्यानमा राखेर संक्षिप्त रुपमा आयोजित सो कार्यक्रम तारेभिर युवा क्लबका अध्यक्ष सचिन तामाङले गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै तारेभिर महिला समुहकी सचिव सुनिता राना मगरले उक्त बस संचालनमा आए संगै आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुग्ने बताइन।

उनले लामो समय देखिको संबिधान सभा सदस्य एबम हालका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालको अथक प्रयास र उनको स्व सत्प्रयासका सहयात्री बनेका संघिय सांसद कृष्ण राइ तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, वडा  अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायत  स्थानीयको सक्रियतामा तारेभिर बासीको सपना पुरा भएको बताइन।उनले केहि समयको प्रचारको लागि मात्र यातायात संचालन हुनु भन्दा सधैको लागि यातायातको सेवा संचालन हुने गरि पूर्वाधार विकासमा जोड दिन सबैको ध्यानाकर्षण गराएकी थिइन।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै यातायात व्यवसायी राजेश श्रेष्ठले सेवामुखी भाबले काम गर्न लागेको हुँदा स्थानीयको सहयोगको महत्वपूर्ण भूमिका हुने  बताए। उनले सो स्थानमा नाफामुखी भन्दा पनि सेवामुखी भावले सेवा संचालन गर्न लागेको  समेत स्पष्ट पारे।

उनले धेरै वर्ष देखि सो स्थानमा यातायात संचालन होस् भन्ने आम जनताको सपना पुरा भएकोमा खुसि ब्यक्त गर्दै त्यसलाई दीगो बनाउनको लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्ष्मण लामा गोलेले आयोजकलाइ धन्यबाद दिदै तारेभिर बाट सार्वजनिक बस संचालन हुनु खुसिको कुरा भएको बताउदै त्यसलाई दिगो बनाउन जोड दिएका थिए।  उनले सो स्थानमा निजि सवारी साधन मात्र संचालन हुँदै आएकोमा सबैको सक्रियतामा आजको स्थान सम्म आइपुग्न सफल भएको बताए।

 उनले तारेभिरलाइ आजको अवस्था सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै तारेभिरको बिकासमा वडा  तथा नगरपालिकाको तर्फ बाट आफुले खेल्न पर्ने सम्पूर्ण भूमिकामा सदैब अग्रणी भूमिका निर्वाह गर्ने बताउदै  सम्पूर्ण चाडपर्वको शुभकामना ब्यक्त गर्दै आउदै गरेको चाड पर्वहरुलाई आफ्नो आफ्नो ठाउँबाट आफ्नै तरीकाले स्वागत गर्न अनुरोध गरेका थिए।उनले कोरोना कहरका बीच स्वास्थ्य मापदण्ड पालना गर्दै सचेतना र शक्तिका साथ आफ्नै परिवारका साथ संस्कृतिलाई धान्ने संकल्प सहित यस वर्षको चाड पर्व मनाउन अनुरोध गरेका थिए  ।

कार्यक्रममा  शुभकामना मन्तब्य राख्दै नेकपा गोकर्णेश्वरका नेता तथा समाजसेवी हर्क बहादुर तामाङले  तारेभिरमा सार्वजनिक यातायात संचालन गर्नु सुखद भएको बताए। उनले धेरै प्रयास पश्चात आज को दिन आएको बताए । उनले संबिधान सभा सदस्य एबम हालका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले मकै भटमास सहितको श्रम अभियानको क्रममा पिठ्युमा काखे बालक सहित बाटो बनाउनको लागि योगदान गरेका तारेभिरमा महिलाहरुको योगदानको उच्च प्रसंशा गर्दै सोहि दिन देखिको अथक प्रयासमा २०७२ सालको भूकम्प बाट सृजित अवस्थामा समेत प्रत्यक्ष उपस्थित भई तत्काल समस्या समाधान मात्र नगराई थप सडकको लागि गरेको योगदानको उच्च प्रसंशा गरेका थिए । उनले बस सेवा सुरु भएपछि अब अन्य विकासले पनि फड्को मार्नेमा बिश्वास गर्दै सबैको सहयोगको अपेक्षा गरेका थिए  ।

कपन अनलाइन संक्षिप्त करा गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्व फुयालले  गोकर्णेश्वर नगरपालिका वडा नं ३ को तारेभिरमा  सार्वजनिक यातायात संचालन भएकोमा खुसि ब्यक्त गरेका छन ।उनले तारेभिर सम्मको १० किलोमीटर बाटो मंगसिर १५ गते सम्म आवश्यकता अनुसार ढलान कालोपत्रे हुने भन्दै बाँकी  सडकको काम बागमती प्रदेशले हेर्ने जानकारी दिए  उनले कुनै बेला तारेभिरमा सडक बनाउने भन्दा हास्य मन्जरीको ध्वनि गुन्जिएको भन्दैपिठ्युमा काखे बालक च्यापेर विकास प्रेमी महिलाहरु उत्रिएको देख्दा सो अभियानमा थप उर्जा मिलेको स्मरण गर्दै  उनले सबै ठाउमा यसै गरि सबै जना लाग्ने हो भने तारेभिरको बिकास धेरै टाढा नभएको कुराकानीमा  बताए ।

तपाइँको प्रतिक्रिया ।