टोखा नगरपालिकामा थप ६९ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक २ /नविना श्रेष्ठ

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित थप ६९ जना पुगेको छ। संक्रमित रहेका महिला सख्या ३२ जना रहेको र पुरुष सख्या ३७ जना रहेका छन्। होम आइसोलेसनमा ६६ जना रहेका छन् भने अस्पतालमा ३ जना मात्र रहेको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
संक्रमण भएका वडा गत विवरण अनुसार वडा नं २मा २जना वडा नं ३मा ८ वडा नं ४ मा ७ वडा नं ५ मा ३ वडा नं ६मा ५ वडा नं ७ मा ७ वडा नं ८मा ८ वडा नं ९ मा ३ वडा नं १० मा ६ वडा नं ११ मा ९ अन्यमा ११ मा ११ जम्मा संक्रमित सख्या ६९ जना रहेका छन्।
टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्मको कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका मानिसहरू होम आइसोलेसनमा ६१९ जना रहेका छन्। भने अस्पतालको आइसोलेसनमा ५२ जना रहेका छन्। जम्मा संक्रमित सख्या ६९८ जना रहेका छन्। सम्पर्क विहिन भएका सख्या भने १७ रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका मानिसहरू हाल सम्म कुल PCR परीक्षण गरिसकेका हरुको सख्या भने ५७११ जना रहेको छ। भने कुल सम्पर्क परिक्षण मा ३६५८ जना रहेको थियो। CICT Team ले ६९ जनाको case Investigation गरेको छ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा कोरोना भाइरस संक्रमित जम्मा १९ जना रहेका छन्। हिजो २ जना कोरोना लाई जितेर घर फर्केका छन्। भने १ जना कोरोना भाइरस कोभिड-१९ को कारण मृत्यु भएका छन्। हिजो अस्पताल वाट १जना रेफर गरेका छन्।
तपाइँको प्रतिक्रिया ।