तिन मन्त्री थपिए, केहिको जिम्मेवारी हेरफेर

कपन अनलाइन

काठमाडौं , असोज २८।

प्रधानमन्त्री केपी ओलीले आज रिक्त केही मन्त्रालयमा पूर्व एमाले कोटाबाट मन्त्री थप्नुभएको छ । रक्षा आफैले राखेर इश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयमा लगी अर्थको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिइएको छ भने सन्चारमा महिला,बालबालिका मन्त्री पार्वत गुरुङलाई सारेर त्यो ठाउँमा सर्लाहीका लीलानाथ श्रेष्ठलाई लगिएको छ ।

उपेन्द्र यादवको पार्टीले सरकार छाडेपछि खाली रहँदै आएको शहरी बिकास मन्त्रालय काठमाण्डौका पुराना नेता कृष्णगोपाल श्रेष्ठले पाउनुभएको छ । अन्य मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी भने यथावत छ ।

तपाइँको प्रतिक्रिया ।