गोकर्णेश्वर ४ का ज्येष्ठ नागरिकलाइ घर घर पुगी पौष्टिक आहार वितरण गर्दै जनप्रतिनिधि

गोकर्णेश्वर ४ का ज्येष्ठ नागरिकलाइ घर घर पुगी पौष्टिक आहार वितरण गर्दै जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं,असोज २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप दोस्रो चरणमा छुटेका ज्येष्ठ नागरिकलाइ घर घर पुगेर पौष्टिक आहार वितरण कार्यमा जनप्रतिनिधि जुटेका छन । गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा वडा कार्यालयको आयोजनामा पौष्टिक आहार वितरण गरिएको हो ।

प्रत्येक वर्ष बिभिन्न कार्यक्रम आयोजना गरि ज्येष्ठ नागरिकलाइ सम्मान गर्दै आएको वडा  कार्यालयले कोरोना महामारीका कारण वडामा भिडभाड हुने देखिएर सामाजिक दुरी सहित भिडभाड कम गर्नको लागि  बिहिबार र शुक्रबार गरि दुइ दिन  वितरण कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बिभिन्न कारणले आउन नसकेका ज्येष्ठ नागरिकहरुलाई वडा सदस्य जयराम महत, बालकृष्ण श्रेष्ठ तथा उमा थापा सहित कर्मचारी समेत उक्त कार्यमा सहभागि भएका थिए।पौष्टिक आहार अन्तर्गत काजु किसमिस बदम सहितको पौष्टिक मसला, कन्फेल्क्स, ओट्स, रियल जुस,बिस्कुट लगायतको सामग्री वितरण गरीएको थियो ।

तपाइँको प्रतिक्रिया ।