भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका बबी ओगोला ओडनगो नियुक्त
कपन अनलाइन
काठमाडौं,असोज २६।गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशिगाउमा संचालित भेनस नेशनल कलेजले केन्याका अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेकोछ। भेनसले बबीलाई नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो ।
भेनस कलेज र बबी बीच आईतबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। कलेजको तर्फ बाट अध्यक्ष पेमा छिरी शेर्पा र अन्तराष्ट्रिय फुटबलर केन्याको बबी ओगोला ओडनगो सम्झौता पत्रमा हस्ताक्षर सहित सो सम्झौता पत्र आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल कृष्ण गौतमले शिक्षासँगै भेनस नेशनल कलेजले खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेको जानकारी गराए।
क्याम्पस प्रमुख गौतमले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन केन्याको फुटबलर बबी ओगोला ओडनगोलाई नियुक्ती गरेको बताए ।प्रिन्सिपल गौतमले अन्तर्राष्ट्रिय खेलाडी भेनस को फुटबल कोच बनाउन पाउँदा खुशी लागेको बताए ।उनले खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न भेनस नेशनल कलेजले सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
केन्यामा जन्मिएका २७ बर्षीय बबी ओगोला ओडनगो नेपाल आउनु अघि केन्याको Mathare united र AFC S.C , उगान्डाको Villa S.C ,तान्जानियाको Coastal Union S.C क्लबमा आवद्द भई खेल खेलिसकेका छन भने हाल नेपालको मछिन्द्र क्लबमा आवद्द रहेका छन। उनले Qualifying for Worldcup Junior National Team र Qualifying for Africa CECAFA Junior National Team मा पनि खेल खेलिसकेका छन्।
उनि वि.सं २०७४ साल बैशाख १० गते उनी नेपाल आएर मछिन्द्र क्लब बाट खेल्न सुरु गरेका हुन । बबी ओगोला ओडनगाले भेनस टिम संग सहकार्य गर्ने अवसर दिएकोमा कलेज परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको उत्पादन गर्न के गर्नुका लागि आफुले सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा भेनस स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी भेनस नेसनल कलेजका पब्लिक रेलिसन अफिसर बिनित राज अर्याल, लगायतको उपस्थिति रहेको थियो ।
फोटो : सरोज बस्नेत
।