गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र संचालनमा आए संगै व्यवस्थापनमा सक्रिय लायन्स सदस्यहरु
कपन अनलाइन
काठमाडौं असोज २५। गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन आइसोलेसन केन्द्रको रुपमा आज बाट संचालनमा आएको छ। ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो ।

गोकर्णेश्वर नगरपालिका सँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै बिहिबार बाट उक्त आइसोलेसन संचालनमा आएको हो ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले ५० बेड (७० बेडसम्म पुर्याउन सकिने) उक्त आइसोलेसन केन्द्र मा आज ३ जना महिला र ९ जना पुरुष गरि कुल १२ जना कोभिड १९ संक्रमित रहेका छन ।उनीहरुको सुरक्षाको जिम्मा नगर प्रहरी र महानगरीय प्रहरी वृत्त गोकर्णले गरिरहेको छ संक्रमितहरुको लागि लायन्स क्लबले दिन को चार पटक खानको व्यवस्थापन गरिरहेका छन ।

आइसोलेसन सेन्टर कमिटि को खाद्यान्न व्यवस्थापन उपसमिति संयोजक : फूड ब्यांक चिफ लायन राजेश कुमार श्रेष्ठ,सदस्यहरु : लायन गंगालाल श्रेष्ठ, लायन रमेश श्रेष्ठ, लायन मनोज सुवेदी, लायन लक्ष्मण कुइकेल,लायन सोभा खत्री,लायन सुष्मा भट्टराई ,लायन उमा श्रेष्ठ, लायन दिपक शर्मा, लायन जगदीश पुडासैनी,लायन पेमी शेर्पा,लायन रोनी केसी, लायन श्रीजन सापकोटा, लायन कुमार बाबु शिवाकोटी,लायन महेश्वर कोइराला,लायन आशिष ले व्यवस्थापन मा सहयोगी भूमिका खेलिरहेका छन् ।

त्यसै गरि आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति संयोजक : लायन धर्मशरण श्रेष्ठ,सदस्यहरु : लायन बालकृष्ण श्रेष्ठ,लायन श्यामकुमार श्रेष्ठ,लायन धन कृष्ण श्रेष्ठ,लायन राजेन्द्र कोइराला,लायन ठण्डराज ठकुरी(राजन), लायन मोहन कृष्ण श्रेष्ठ,लायन देबराज श्रेष्ठ,लायन श्रीधर भण्डारी,लायन उमेश ढुंगाना, लायन बिष्णु प्रसाद लामिछाने,लायन कृष्ण श्रेष्ठ,लायन राजकुमार भण्डारी,लायन श्रीचन केसी,लायन दिपेन्द्र चौधरी, लायन लाक्पा लामा, लायन राजकुमार श्रेष्ठ,गौरी थापा, लायन रेखा बस्नेत ,लायन शान्ति थापा श्रेष्ठ ,

लायन विजय कुमार श्रेष्ठ, लायन अभिषेक मल्ल, लायन जनक आले, लायन भिष्म बिक्रम रायमाझी ले पालो पालो गरेर खाद्यान्न लगायतको काममा सक्रिय भएर लागिरहेका छन।संक्रमितहरुलाइ कुनै पनि अफ्ट्यारो नहोस भनेर बिभिन्न उप समितिमा रहेका लायन्स सदस्यहरुले आफ्नो जिम्मेवारी निभाईरहेका छन। वास्तविक कोभिडका बिरामी जो कोठामा बहाल तिरेर बस्छन अरु छुट्टै बस्ने ठाउ नभएका त्यस्ता बिरामीहरुको लागि मात्र सो आइसोलेसन संचालनमा ल्याएको लायन्सले प्रस्ट पारेको छ ।
