कागेश्वरी मनोहरा नगरपालिकामा असोज २३ गते थप २९ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौँ, असोज २४। कागेश्वरी मनोहरा नगरपालिकाले असोज २३ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत असोज २३ गते थप २२ पुरुष र ७ जना महिला गरि कुल २९ जना संक्रमित फेला परेको उल्लेख गरेको छ भने ९ जनाले कोरोना जितेको जनाएको छ । हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा ३०१७ जना पुरुष र १५६१ जना महिला गरि कुल ४५७८ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ ।त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएको र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले १६० जनाको एन्टीजेन्ट मार्फत परिक्षण गरिएको पनि जानकारी गराएको छ ।
हाल सम्म ३३४ जना पुरुष र १९२ जना महिला गरि कुल ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। त्यसै गरि १७२ जना पुरुष र १०४ जना महिला गरि कुल २७६ जनाले कोरोना जितेको जनाएको छ । हाल सम्म २ जना पुरुष र २ जना महिला गरि कुल ४ जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।
त्यसैगरि कागेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा १७जना पुरुष र ३ जना महिला गरि कुल २० जना रहेको, त्यसै गरि होम आइसोलेसनमा १४४ जना पुरुष र ८२ जना महिला गरि कुल २२६ जना रहेको जनाइएको छ ।त्यसै गरि नगरपालिकाले वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।
जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा १८ जना संक्रमित मध्ये ५ जना निको भएको,वडा नं २ मा १२ जना संक्रमित रहेकोमा ६ जना निको भएको,वडा नं ३ मा ९ जना संक्रमित रहेको मा ७ जना निको भएको, वडा नं ४ मा १८ जना संक्रमित रहेको र १३ जना निको भएको,वडा नं ५ मा ३२ जना रहेको मा हाल सम्म २३ जना निको भएको,वडा नं ६ मा ११९ जना रहेको मा हाल सम्म ६४ जना निको भएको , वडा नं ७ मा ८४ जना रहेको मा हाल सम्म ४२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ।
वडा नं ८ मा ७४ जना रहेको मा हाल सम्म ३१ जना निको भएको ,वडा नं ९मा १६० जना संक्रमित रहेकोमा हाल सम्म ८५ जना निको भएको उल्लेख गरिएको छ ।
हाल सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना ,वडा नं ८ मा एक जना र वडा नं ९ मा २ जना गरि कुल ४ जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको छ । हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा १३जना रहेको वडा नं २ मा ६ जना ,वडा नं ३मा मा २ जना, वडा नं ४ मा ५जना वडा नं ५ मा ८ जना , वडा नं ६ मा ५५ जना ,वडा नं ७ मा ४२ जना, वडा नं ८ मा ४२ जना र वडा नं ९ मा ७३ जना रहेको उल्लेख गरिएको छ।
त्यस्तै नगरपालिकाले असोज २३ गते शुक्रवार कागेश्वरी मनोहरा नगरपालिका द्वारा वडा नं. ६ मा संचालित मुलपानी नगर अस्पतालमा २१८ जना पुरूष, १४९ जना महिला गरि ३६७ जना र वडा नं. २ मा संचालित आलापोटमा २३ जना पुरूष र ९ जना महिला गरि ३२ जना गरि ३९९ जनाको स्वाब संकलन गरि पि सी आर परिक्षणको लागि टेकु पठाएको पनि जानकारी गराएको छ ।