विकास निर्माणका काम गुणस्तरीय बनाउन स्थानीयको निगरानी आवश्यक छ :सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौँ, असोज २३ । साँखु- फटकेश्वोर- बाहुनेपाटी सडक (मनमोहन मार्ग ) निर्माण सुभारम्भ भएको छ।पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा साँखु – फट्केश्वोर -बाहुनेपाटि सडक( मनमोहन मार्ग) को निर्माण कार्यको सुभारम्भ भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले साँखु- फटकेश्वोर- बाहुनेपाटी सडक (मनमोहन मार्ग को सडक निर्माण शुभारम्भ गर्न पाउदा खुसि लागेको बताए । उनले काठमाडौं बाट मेलम्ची सिन्धुपाल्चोक जोड्ने छोटो दुरी लगभग ३८ किलोमिटर बाटो निर्माणको कामहरु गरेको स्मरण गर्दै त्यतिबेला दक्षिणढोका देखि साँखु – जहरसिंहपौवा भोटेचौर काउलेदोभान सम्म एउटा प्याकेजम स्तारुन्नती गर्ने कामहरु भएको त्यस पछि ट्रिपल आर आर आर एस टि बाट जहरसिंहपौवा बाट सिन्धुपाल्चोक फट्केश्वर सम्मको जिरो पोईन्ट सम्म कालो पत्रे गर्ने काम भएको बताए ।
आठ दश वर्ष सम्म सो बाटो यस्तै किसिमले चल्दै जाँदा एकदम जिर्ण अवस्थामा पुगेको सबैलाइ अवगत भएको बताए। उनले सो छोटो दुरीको बाटो संचालन भए पछि मेलम्चीका नगरपालिका गाउपलिका र अधिकांस गाउका मानिसहरु आवतजावत गर्ने र शंखरापुर नाग्लेभारे, पटाप देखि लिएर भोटेचौर देउराली जहरसिंहपौवाका अधिकांश मानिसहरुलाई आवतजावत गर्न सजिलो मार्गको रुपमा विकास भइरहेको उनले बताए। उनेल त्यहि बीचमा सो सडक एकदम जिर्ण भए पछि निर्माणको लागि धेरै पटक लागेको जसको लागि सरोकार समिति समेत गठन गरेको स्मरण गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीले मात्र जितिरहने तर बाटो कहिले बनेन भनेर धेरैले आरोप लगाउने गरेको भन्दै त्यतिबेला नेपाली कांग्रेसले धेरै समय सरकारमा रहदा पनि सडक नबनेको तर्फा इंकित गर्दै उनेल सरकारमा काग्रेस रहने तर नेकपाले गरेन भनेर आरोप सधै खेप्नु परेको बताए। उनले भने, “जब नेपाल कम्युनिष्ट पार्टीको दुइ तिहाइको सरकार बन्यो त्यसपछि सडक निर्माणको कामले गति लिन थाल्यो “। उनले जनमत प्राप्त गरे पछि बजेट विनियोजन लगायतको कामहरु क्रमिक रुपले शुरु भएको बताउदै त्यसैको प्रतिफल अनुसार आज बाट सो सडकको काम शुभारम्भ भएको बताए। उनले दुईवटा प्याकेज मध्ये एउटा आज २० करोडको लागतमा जहरसिंह पौवा बाट चापा बोट नजिक सम्म शुरु गर्न लागिएको र अर्को बहु बर्षे ठेक्कामा साँखु देखि बाहुनपाटी सम्म निर्माण गर्नको लागिएको बताए ।
उनले अब बन्ने सडक गुणस्तरीय, टिकाउ हुनु पर्ने भन्दै सो सडकमा स्थानीयले अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।जहा स्थानीयले विकास निर्माणमा निगरानी गर्छन त्यहा बन्ने संरचना गुणस्तरिय र दिगो हुने हुदा स्थानीयलाइ निगरानी गर्दै निर्माणमा सहयोग गर्न अनुरोध गरेका थिए उनले सो सडक निर्माणको शुभारम्भ हुनु खुसीको कुरा भएको बताए ।उनले पहिले सडकको कारण जुन दुख कष्ट भोगेको थियौ ।त्यस बाट मुक्त हुने बिश्वास ब्यक्त गर्दै विकास निर्माणमा सबैजनालाइ हातेमालो गर्न अनुरोध गरेका थिए।
प्रदेश संसद बाट विनियोजित ३ करोडको लागतमा साँखु देखिको बाटो पनि कालोपत्रे हुन लागेको जानकारी गराउदै थप साँखु देखि जहरसिंह पौवा सम्मको सडक पनि कालोपत्रे हुने र नपुग चापाबोटदेखि मेलम्ची सम्म बहुबर्षे ठेक्कामा काम हुने लागेको हुँदा इमान्दारीका साथ सबैले काम गर्नु पर्ने बताए ।