पोष्ट बहादुर बोगटी (भिमफेदी-कुलेखानी ) सुरुङ्गमार्गको कार्यालय उद्घाटन

पोष्ट बहादुर बोगटी (भिमफेदी-कुलेखानी ) सुरुङ्गमार्गको कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाडौं ,असोज २३।

पोष्ट बहादुर बोगटी (भिमफेदी-कुलेखानी ) सुरुङ्गमार्गको कार्यालय उद्घाटन गरिएको छ। भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सो कार्यालयको उद्घाटन गरेका हुन।

बागमती  प्रदेश सरकारले सुरुङमार्गका  लागि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा ३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

मन्त्रालयअन्तर्गत नै सुरुङमार्ग निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुरुङमार्ग निर्माण आयोजनाका लागि १ करोड रुपैयाँ, आयोजनाका लागि आवश्यक इन्जिनियरिङ तथा अन्य मेसिनरी औजार, ल्याबका सामग्री खरिदका लागि २० लाख रुपैयाँ, डिजाइन रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ, प्रोक्युरमेन्ट डकुमेन्ट रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ र मदन भण्डारी मार्ग र सुरुङमार्ग निर्माणका लागि मुआब्जा वितरण गर्न एक करोड रुपैयाँ छुट्याएको छ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालु आवमा रु एक अर्ब बजेट विनियोजन गरिएको छ।

तपाइँको प्रतिक्रिया ।