काठमाडौं कालोपुलको मेडलिज ट्रेडर्समा छापा ,१० लाखका म्याद सकिएका सामान भेटिए
कपन अनलाइन
काठमाडौं ,असोज २१।
काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा आज यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देलले लकडाउनका कारण सामान हेर्न नभ्याइएकोर अर्कोपटक आउँदा सुधार हुने भन्दै आफ्नो बचाउ गरेकी थिइन् ।
पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए ।अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि बिभागमा हाजिर हुन निर्देशन दिएको छ ।
मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन् । कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारी भन्छन ,” यो समस्या अधिकांश मार्टमा देखिएको छ ।”
तपाइँको प्रतिक्रिया ।