शंखरापुर नगरपालिकामा असोज १९ गते थप दुइ जनामा कोरोना संक्रमण पुष्टि

शंखरापुर नगरपालिकामा असोज १९ गते थप दुइ जनामा  कोरोना  संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं असोज २०। शंखरापुर नगरपालिकाले असोज १९गते साँझ ५ बजे सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, सुचना अधिकारी सुभद्रा पुडासैनी र जन स्वास्थ्य निरीक्षक लक्ष्मीराज जोशी द्वारा जारी गरेको उक्त कोरोना बिवरणमा असोज १९  गते  साँझ ५ बजे सम्म नगरपालिकाले ५७५ जनाको आर डी टि परिक्षण गरिएको र हाल उक्त परिक्षण बन्द गरिएको जनाएको छ ।साथै हाल सम्म नगरपालिकाले ८८४ जनाको पी सी आर परिक्षण गरेको उल्लेख गरेको छ ।

शंखरापुर नगरपालिकामा असोज १९ गते साँझ ५ बजे सम्ममा थप १ जना पुरुष र १ महिला गरि कुल २ जनामा संक्रमण पुष्टी भए संगै संक्रमितको संख्या १५ महिला र ३१ पुरुष गरि कुल ४६ जना रहेको त्यस मध्ये १० जना महिला र २० जना पुरुष गरि कुल  ३० जनाले कोरोना जितेको  उल्लेख गरेको छ ।

त्यसै गरि नगरपालिकामा ५ जना महिला र ११ जना पुरुष गरि कुल १६ जना सक्रिय संक्रमित रहेको पनि जनाएको छ ।  त्यस्तै नगरपालिका भित्र होम आइसोलेसन मा ५ जना महिला र १० जना पुरुष गरि कुल १५ जना रहेको जानकारी गराएको छ ।हाल सम्म अस्पतालको आइसोलेसनमा  एक जना पुरुष रहेको उल्लेख गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।