काठमाडौं महानगरपालिका वडा नं ६ मा असोज १९ गते थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिका वडा नं ६ मा असोज १९ गते थप २७ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं, असोज २०। काठमाडौं महानगरपालिका वडा नं ६ ले असोज १९ गते सम्मको कोरोना अपडेट  सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज १९गते थप २७ जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा १३२ जना महिला र १५५ जना पुरुष गरि कुल २८७ जना संक्रमित भेटिएको जनाइएको छ। हाल सम्म १३७ जना सक्रिय संक्रमित रहेको जसमा १२८ जना होम आइसोलेसनमा , ९ जना अस्पतालको आइसोलेसन रहेको र १४७ जनाले कोरोना जितेको पनि उल्लेख गरिएको छ । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।

त्यसै गरि हाल सम्म १०४३ जनाको पी सी आर परिक्षण गरिएको र ९९ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि  पनि उल्लेख गरिएको छ। साथै कुल संक्रमितको बिवरण काठमाडौं महानगरपालिका वडा नं ६अन्तर्गत बसोबास गर्ने सुरक्षाकर्मी तथा कर्मचारी समेतको अन्य निकाय बाट प्राप्त रिपोर्ट अनुसारको संख्या समेत समाबेश भएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।