टोखा नगरपालिकाको वडा नं ५ मा इ-बिजनेस तालीम सञ्चालन

टोखा नगरपालिकाको वडा नं ५ मा इ-बिजनेस तालीम सञ्चालन

कपन अनलाइन

काठमाडौं ,असोज २० ।

टोखा नगरपालिकाको वडा नं ५ मा इ-बिजनेस तालीम सञ्चालन गरिएको छ। विषेश गरि वडाका कम्प्युटर तथा ईन्टरनेट सम्बन्धि सामान्य ज्ञान भएका १५ जना व्यक्तिहरुलाई प्राथमिकतामा राखि उक्त तालिम प्रदान गरिएको हो। उक्त तालिम कार्यक्रम प्रशिक्षक प्रभात अधिकारीबाट संचालन गरिएको वडा नं ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिएका छन ।

टोखा नगरपालिकाद्वारा पारित गरिएको ०७७/०७८ को आर्थिक विकास योजना अन्तर्गत संचालन गरिएको उक्त कार्यक्रमको विधिवत उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डंगोलले गरेकी थिइन् । डंगोलका अनुसार यस कार्यक्रमले स्वरोजगार तथा रोजगारी सिर्जना तथा प्रवर्द्धनका लागि प्रमुख भुमिका रहने बताएकि छन ।

हाल कोरोना संक्रमणको संख्या बढ्दै जाँदा रोजगारी तथा आर्थिक गतिविधिमा आएका समस्याहरुलाई समेत निर्मुल पार्ने सम्भावना रहेको बताउँदै समयसापेक्षिक हिसाबले यस तालिमबाट दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने उपमेयर डंगोलले बताइन ।

अनलाइन विजनेस लगायतका कार्यहरुको हाल बढ्दो प्रचलनमा रहेको सन्दर्भमा सञ्चालन गरिएको उक्त तालिम करिव १० दिनका लागि प्रदान गरिनेछ। उक्त तालिम मिति २०७७ असोज १८ गतेबाट शुरुवात गरिएको हो।

तपाइँको प्रतिक्रिया ।