कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेल कार्यालय बन्द
कपन अनलाइन
काठमाडौं ,असोज १८।
कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय बन्द गरिएको छ। आइतबार र सोमबार दुई दिन कार्यालय बन्द गरिने कोषले सूचना निकालेर जानकारी दिएको छ।
‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न असोज १८ र १९ गते कार्यालय बन्द हुने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।
तर यस अवधिमा कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा भने यथावत नै रहने कोषले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।