प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्लाहकार रिमालले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
उनले समाजिक सञ्जाल मार्फत भभनेका छन , ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’
तपाइँको प्रतिक्रिया ।