चाडवाड नजिकिदै गर्दा न्यून पशु ब्यापार,कोरोना महामारीले गर्दा सुनसान बजार

चाडवाड नजिकिदै गर्दा न्यून पशु ब्यापार,कोरोना महामारीले गर्दा सुनसान बजार
कपन अनलाइन
काठमाडौं ,असोज १७ /मेनुका कार्की
नेपाली को महान चाड दशैं तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य पशु ब्यापार खसी बोका कोरोना मंहाम्मारीले गर्दा बजार माग ठप्प भएको छ।
कोरोना मंहाम्मारी आउनु भन्दा पहिला  ७५% इन्डियन खसी आयात हुने गरेकोमा अहिले बजार माग नेपाली खसी बोकाको छ जुन  बढी जसो दाङ , सल्यान सुर्खेत , कोहलपुर, कटारी गाईघाट , ईलाम बाट काठमाडौं ल्याइने गरिएको छ ।
उदयपुर कटारी ७ घर भएका राम थापा हाल कालिकादर्शन सप्लायर्सका संचालक हुन । उनी विगत १५ वर्ष देखि खसी बोकाको बिक्री गर्दै आएका छन  । कलंकीचोक स्थित डेरा मा ३ परिवार बसोबास गर्दै आएका छन।
उनी भन्छन् विगतका दिनदेखि यहि  पेसाबाट आफ्नो दैनिकि चलाउन कुनै अप्ठेरो महसुस भएन तर कोरोना भाइरसको कारणले ब्यापार आधा पनि भाको छैन, सोचे जस्तो ब्यापार हुँदैन । यसले गर्दा परिवार धान्न गाह्रो हुँदै छ।अहिले आइतबार र बिहीबार अलि अलि माग आउने  गरेको उनि  बताउँछन्।
दैनीक ३०/४०वटा खसी बिक्री हुनेमा  हाल ३/४  वटा मात्र ब्यापार गर्ने र  हप्तामा बल्ल तल्ल २०/३०  वटा बिक्री हुने बताउदै कोरोना मंहाम्मारी संक्रमणको कारण जीविकोपार्जनमा ठुलाे समस्या परेको व्यवसायी  राम थापाले बताएका छन्।
अहिले जिउँदो खसीको मूल्य ६५० देखि ७०० संम्म रहेको छ । बजारको माग अनुसार आपूर्ति भएको छ । कोरोना महामारी फैलिने सम्भावना रहेकोले बाहिर बाट आपूर्ति हुन नसकेमा खसी बोकाको मूल्यमा केहि वृद्धि हुने सम्भावना रहेको  उनले  बताएका छन्।
सीतापाइलामा रहेको मासु पसलका श्री कृष्ण खड्गी भन्छन् , बजारमा माग नै छैन, एउटा खसी काट्यो भने १ हप्ता लाग्छ बिक्री हुन। मानिसको चहल पहल नै छैन । त्यसैले ब्यापारमा आधी घाटा परेको छ ।बिहीबार र शुक्रवार बार अलि बढी माग आउछ भने  अरु दिन सुनसान बन्दै गएको छ ।
दैनीक उपभोग्य पशु ब्यापार खसी बोकाको माग कोरोना मंहाम्मारी बिच बजार खुले संगै स्थानीय आयातमा वृद्धि  देखीए  सगै भारतीय आयातमा रोक लागेकै कारण स्थानीय दैलेख सुर्खेत दाङ्ग लगायत बाट आयातित खसीको खपत बढेता  पनी स्थानीय बजारले खपत कम गरेको कारण दशैको मुखमा पनी ब्यापार तुलनात्मक हिसाबमा ५०% कमी सहित दैनीक घाटा खेपीरहेको जानकारी काठमाडौं चौपाय खरिद बिक्री प्रालिका अध्यक्ष जनक कुमार खड्काले बताएका छन।
(मेनुका कार्की सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।