बुढानिलकण्ठ १० मा निकट भविष्यमा जेष्ठ नागरिक ज्ञान केन्द्र स्थापना गर्दैछौ : नवराज भट्टराई
कपन अनलाइन
काठमाडौं ,असोज १७ / बिबेक पनेरु
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १०ले “महामारी अन्त्य: जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व” नामक कार्यक्रम गरेको छ।
कार्यक्रमको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं-१० का वडा अधक्ष्य नवराज भट्टराईले जेष्ठ नागरिकलाई विश्वभर फैलिएको कोरोना महामारीबाट जोगाउन हामी सबैले आफ्-आफ्नो ठाऊँबाट प्रमुख भूमिका खेल्नुपर्ने बताएका थिए ।
यसका साथै कार्यक्रममा केहि फरक प्रसङ्ग जोड्दै वडा अधक्ष्य नवराज भट्टराईले निकट भविष्यमा वडाले जेष्ठ नागरिक ज्ञान केन्द्र समेत बनाउने योजना रहेको बताएका छन ।
उनका अनुसार त्यस केन्द्रमा प्रत्येक जेष्ठ नागरिकको ज्ञान सिप र बिज्ञताको भण्डारण गरिनेर त्यस ज्ञान सिपलाई बिध्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा समेत बिकास गर्ने लक्ष्य समेत रहेको छ ।
यस्तै जेष्ठ नागरिकको योग्यता, क्षमता अनुसारको काम गर्ने बाताबरण मिलाइने तथा जेष्ठ नागरिकको हेरचाह गर्ने डे केयर सेन्टर स्थापना गर्ने बताउदै अध्यक्ष भट्टराईले जेष्ठ नागरिकको रुचि अनुसारको मनोरनञ्जन समेत प्रदान गरिने र जेष्ठ नागरिकको हेरचाह गर्ने तालिम प्रदान गरिने योजना रहेको जानकारी दिएका थिए।
त्यस्तै त्यस्ता जनशक्तिलाई घर घरमा सेवा प्रदान गर्न परिचालित गरिने र परियोजनाको भवन तथा अन्य पुर्वाधार समेत बनाउने जस्ता योजना रहेको अध्यक्ष भट्टराईले बताएका थिए ।
यसका साथै कोरोना माहामारीलाई मध्ये नजर गर्दै रोग प्रतिधात्मक क्षमता बढाउनको लागि बुनपा -१० ले वडाबाट बृद्द भत्ता लिने सबै जेष्ठ नागरिकलाई निशुल्क चेवनाप्रस वितरण गर्ने बताएका छन ।
(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।