असोज १५ गते सम्म काठमाडौं महानगरपालिका ६ का ११६ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं, असोज १६ । काठमाडौं महानगरपालिका वडा नं ६ ले असोज १५ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज १५ गते थप ६ जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा १०८ जना महिला र १२० जना पुरुष गरि कुल २२८ जना संक्रमित भेटिएको जनाइएको छ।
हाल सम्म १०१ जना होम आइसोलेसनमा , ९ जना अस्पतालको आइसोलेसन रहेको र ११६ जनाले कोरोना जितेको पनि उल्लेख गरिएको छ ।त्यसै गरि हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा ११० जना सक्रिय संक्रमित रहेको र २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।काठमाडौं महानगरपालिका वडा नं ६ मा हाल सम्म ९१७ जनाको पी सी आर परिक्षण गरिएको र १२६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि पनि उल्लेख गरिएको छ।साथै कुल संक्रमितको बिवरण काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गत बसोबास गर्ने सुरक्षाकर्मी तथा कर्मचारी समेतको अन्य निकाय बाट प्राप्त रिपोर्ट अनुसारको संख्या समेत समाबेश भएको उल्लेख गरिएको छ ।