जेष्ठ नागरिक दिवसमा भंगाल युवा क्लबको सम्मान तथा सेवा कार्यक्रम
कपन अनलाइन
काठमाडौं ,असोज १५ /सिरिष पौडेल
काठमाडौँको उतरी भेग – बुढानिलकण्ठ हावापानीको हिसाबले ,भूगोलको हिसाबले स्वोर्गसरी छ । बुढानिलकण्ठ भित्र चिटिक्क परेको भब्य बिशाल छेत्रफल ओगटेको ठाउँ हो भंगाल गाउँ। येही भंगाल गाँउको नाम सापटी लिएर बनेको भंगाल युवा क्लब स्थापन काल देखिने विभिन्न कार्यक्रम गर्दै आएको छ।
संस्कृतिक , सामाजिक , खेलकुद गतिबिधिमा निकै अग्रपंक्ति रही कार्यक्रम गरेर बुढानिलकण्ठ नगरपालिका भित्र एक नमुना क्लुब साबित भैसकेको र सबैको स्याबासी बटुल्न सफल भएको यस क्लवले २०७७ साल असोज १५ गते अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा
ज्येष्ठ नागरिक , ज्येष्ठ बुबा आमाहरुको समय ,ज्ञान ,अनुभव र इतिहासको उच्च सम्मान गर्दै सम्मान तथा सेवा कार्यक्रम आयोजना गरेको छ
भंगाल युवा क्लबले बुढानिलकण्ठ वडा २ को सहकार्यमा जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको हो । वडा नं २ कावडा अध्यक्ष राजेन्द्र खड्का , वडा सदस्य राजेन्द्र श्रेष्ठ , वडा सदस्य ज्ञानु कार्कि थापाको उपस्थितिमा उक्त क्लबलले ५० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल , juice ,cornflakes ,biscuit लगाएतका खाद्यान्न र हात धुने साबुन सामग्री उपलब्ध गराएको छ ।
युवा नेतृत्व हाम्रो खोज ,समृद्ध बुढानिलकण्ठ हाम्रो सोच भन्ने मूल नाराको साथ स्थापना भएको यस क्लबले समाजको हितका लागी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
समाजका हरेक गतिबिधिमा युवा हरुको भूमिका अग्रस्थान रहको हुनाले यस क्लवले निरन्तर रुपमा समाजलाई सहि बाटोमा डोर्याउन अग्रसर रहने प्रतिबद्ता युवा समूहका अध्यक्ष अरुण थापाले व्यक्त गरेका छन्।
ज्येष्ठ नागरिकले निर्माण गरेका मन्दिर हरु आज संस्कृतिक धरोहर हरु बनेका छन् , गोरेटो बाटो हरु आज चिल्ला सडक बनेका छन् , अब यस स्थान मा रहेका यी सम्पतिको संरक्षण र अघिल्लो पुस्ताले देखाएको बाटोलाई निरन्तरता दिनु अब भंगालको युवाहरुको जिम्मवारी रहेको कुरा पनि उनले प्रस्ट पारेका छन ।
तपाइँको प्रतिक्रिया ।