गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा राम मन्दिर पार्क उद्घाटन
कपन अनलाइन
काठमाडौं, असोज १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारी स्थित श्रीराम जानकी मन्दिर परिसरमा राममन्दिर पार्क उद्घाटन गरिएको छ। नगरपालिका बाट विनियोजित करिब ५ लाखको लागतमा आरुबारी उपभोक्ता समिति मार्फत पानीको फोहोरा सहित निर्माण गरिएको सो पार्क गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, श्रीराम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष दिपक रिसाल, आरुबारी उपभोक्ता समितिका सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले अतिक्रमित सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्दै खुला क्षेत्र विकास तथा हरियाली प्रवर्द्धन योजनालाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए ।
उनले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्बर्द्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौं।’ गोकर्णेश्वर नगरपालिकामा जन घनत्व दिन प्रतिदिन बढ्दै गएको अवस्थामा नगरबासीलाइ टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौं,’ उनले भने
काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धनमा जोड दिँदै आएको बताउदै । गोकर्णेश्वर नगरपालिका भित्र पनि गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्कको लागि काठमाडौं महानगरपालिकाले एक करोड बिनियोजिन गरेको र सो कार्यमा गोकर्णेश्वर नगरपालिकाले पनि एक करोडथप गरि २ करोडको लागतमा पार्क निर्माण गर्न लागेको बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले पार्क निर्माण पश्चात मन्दिर को सौन्दर्यमा बृद्दी भएको बताए। उनले आजको दिन सम्म सो मन्दिरलाइ संरक्षण गर्दै पार्क निर्माण सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
त्यसैगरि कार्यक्रममा बोल्दै श्रीराम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष दिपक रिसालले ‘मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, नगरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ’, उनले भने, ‘बहुआयामिक कामका लागि पार्क चाहिने भएकाले गोकर्णेश्वर नगरपालिकाले प्राथमिकतामा राखेर पार्क निर्माण थालनी गरिएको बताए । उनले श्री राम जानकी मन्दिरको समेत सोभा बढ्ने र त्यहा भएको सार्वजनिक जग्गाको पनि संरक्षण गर्ने उदेश्यले पार्क निर्माण गरिएको बताए ।
फोटो : आशिष तामाङ