सिन्धुली अस्पतालमा निर्माण गरिएको आइसोलेसन केन्द्रको निरक्षणमा संसदीय उपसमिति

कपन अनलाइन
काठमाडौं ,असोज १५।
संघीय संसद शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले सिन्धुली अस्पतालमा निर्माण गरिएको आइसोलेसन केन्द्रको निरक्षण गरेको छ।
उपसमितिका संयोजनक जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले सो अस्पताल र आइसोलेसन केन्द्रको अनुगमन गर्दै आवस्यक सहयोगका लागि छलफल गरेको थिय।
सो अवसरमा निरीक्षणमा रहेको उपसमितिको टोलीलाई  अस्पताल ब्यवस्थापन समितिका अध्यक्षद्वारा उक्त अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संयोजक श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै अस्पतालको विस्तार र विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए।
तपाइँको प्रतिक्रिया ।