Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120145622_3212806132175464_690416177395769717_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120271574_3212805912175486_5020554795607113310_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120330300_3212808175508593_190650428273802210_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइ द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज १४।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जोन चियरपर्सन लायन राजेन्द्र कोइरालाको अध्यक्षतामा डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न भएको छ। मंगलबार जी जी लज माकाल बारीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ रहेका थिए भने बिशेष अतिथिको रुपमा  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब  लायन पेमा छिरी शेर्पा, लायन धर्मशरण श्रेष्ठ लायन बिष्णु लामिछाने .लायन्स क्लब अफ काठमाडौं माकालबारीका प्रेसिडेन्ट लायन लायन भिष्म बिक्रम रायमाझी लगायत टिम एरिया I एरिया II रिजन  IV जोन VIII अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं माकलबारी  ,लायन्स क्लब अफ काठमाडौं  जेम्स ,लायन्स क्लब अफ काठमाडौं  माउन्टेन एभेरेष्ट , लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ डाइभरसिटि  र लायन्स क्लब अफ काठमाडौं थर्ड आइ  सहितका क्लब सम्मिलित पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं  थर्ड आइ कि सचिब  लायन शर्मिला भट्टले  झण्डाको अभिवादन बाचन  गरेकी  थिइन   ।कार्यक्रममा जोन चियर पर्सन लायन   लायन  राजन्द्र कोइरालाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

कार्यक्रममा जोन VIII अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल समेत  गरिएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का  सेकेन्ड भाइस डिस्ट्रिक  लायन  कर्मा गुरुङले आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।उनले डिस्ट्रिक गभर्नरले १५ लाख  घण्टा सेवाको कार्य गर्ने योजना लाइ सफल बनाउनको लागि सबै जनाले साथ दिनुपर्नेमा जोड दिएका थिए।उनले मानवीय सेवामा जुट्न अनुरोध गर्दै कोरोना संक्रमितहरुको मनोबल बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा समेत जोड दिएका  थिए ।

मानवता हराउदै गएको आजको समयमा मानव सेवाका कार्य गर्दै समाजमा सकारात्मक संदेश दिनुपर्ने बताए । उनले समस्यामा परेकाहरुलाई  लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए  ।

लायन्स क्लब इन्टरनेसनल प्रेसिडेन्ट डा जोङ यूल चोय ले यस बर्षको नारा United  in Kindness  and Diversityतय गरेको जानकारी गराउदै  उनले कोभिड १९  को माहामारीको कारण इन्टरनेसनल कन्भेन्सन  रद्द भएको कारण फर्स्ट भाइस प्रेसिडेन्ट लायन Haynes H . Townsend को असामयिक निधनका कारण  वर्ष २०२०/२०२१का पनि प्रेसिडेन्ट  भएका डा जोङ यूल चोयको अघिल्लो वर्षको नारा we serve through Diversity र लायन Haynes H . Townsend ले २०२०/२१को लागि कल्पना गरेको  नारा Kindness matters को संयोजनमा यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट को नारा United  in Kindness  and Diversity राखिएको जानकारी गराए।  उनले लायन्स क्लब अन्तर्राष्ट्रिय आगामी लायन वर्षका प्राथमिकता कार्यक्रमहरु निम्न रहेको जानकारी गराए ।

उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र डीज्यास्टर रिलिफ, रहेको बताउदै डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङले   डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए।कार्यक्रममा क्याबिनेट ट्रेजरर  लायन धर्म शरण श्रेष्ठ,लायन पेमा छिरी शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए  ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन  भिष्म बिक्रम रायमाझीले  धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा  आयोजकको रुपमा लायन्स क्लब अफ काठमाडौं  माकलबारी र थर्ड आइ रहेका थिए

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।