कागेश्वरी मनोहरा नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं असोज १३। कागेश्वरी मनोहरा नगरपालिकाले असोज १२ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ जस अन्तर्गत असोज १२ गते थप ११ जना पुरुष र ३ जना महिला गरि थप १४ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ भने ३ जनाले कोरोना जितेको जनाइएको छ ।
त्यसै गरि हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २६६९ जना पुरुष र १३२५ जना महिला गरि कुल ३९९४ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएक र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ । त्यसै गरि हाल सम्म २०५ जना पुरुष र ११६ जना महिला गरि कुल ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जसमा १०६जना पुरुष र ६८ जना महिला गरि कुल १७४ जनाले कोरोना जितेको जनाएको छ भने हाल सम्म १ जना पुरुष र २ जना महिला गरि कुल तीन जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।
त्यसैगरि कगेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा ७ जना पुरुष र ९ जना महिला गरि कुल ९ जना रहेको त्यसै गरि होम आइसोलेसनमा ६३ जना पुरुष र ४७ जना महिला गरि कुल ११० जना रहेको जनाइएको छ ।
त्यसै गरि नगरपालिकाले वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा १२ जना संक्रमित मध्ये ५ जना निको भएको,वडा नं २ मा ८ जना संक्रमित रहेओ र ४ जना निको भएको,वडा नं ३ मा ७ जना संक्रमित रहेको र ३ जना निको भएको , वडा नं ४ मा १३ जना संक्रमित रहेको र ६ जना निको भएको,वडा नं ५ मा २५ जना रहेको मा हाल सम्म ८ जना निको भएको,वडा नं ६ मा ७१ जना रहेको मा हाल सम्म ३६ जना निको भएको , वडा नं ७ मा ५१ जना रहेको मा हाल सम्म ३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।
वडा नं ८ मा ३८ जना रहेको मा हाल सम्म १७ जना निको भएको ,वडा नं ९ ९३ जना रहेकोमा हाल सम्म ६३ जना निको भएको उल्लेख गरिएको छ ।हाल सम्म कगेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना र वडा नं ९ मा २ जना गरि कुल तीन जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको छ ।
त्यसै गरि हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा ७ जना रहेको वडा नं २ मा ४ जना ,वडा नं ३मा ४ जना, वडा नं ४ मा ७ जना वडा नं ५ मा १६ जना , वडा नं ६ मा ३५ जना ,वडा नं ७ मा १९ जना, वडा नं ८ मा २१ जना र वडा नं ९ मा ३१ जना रहेको ऊल्लेख गरिएको छ ।