प्रशासनिक भवन निर्माणका लागि नागार्जुन नगरपालिका र जिसस काठमाडौं विच सम्झौता
कपन अनलाइन
काठमाडौं ,असोज १२।
नागार्जुन नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौं र नागार्जुन नगरपालिका विच सम्झौता भएको छ।
६०/४० को लगानीमा निर्माण हुने सो भवन निर्माणका लागि जिसस काठमाडौंका प्रमुख शिव सुन्दर राज बैध र नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत विच सम्झौता हस्तान्तरण गरिएको थियो।
जिल्ला समन्वय समितकी उपप्रमुख सरिता दाहालको उपस्थितिमा भएको सम्झौता अनुसार कुल १२ करोड ९२ लाख ४७ हजार चार सय ३० रुपैया लागतमा निर्माण हुनेछ जसमा जिसस काठमाडौंले ७ करोड ७५ लाख ४८ हजार ४ सय १३ रुपैया लगानी गर्नेछ। त्यस्तै बाँकी रकम नगरपालिकाले बेहोर्नेछ ।
तपाइँको प्रतिक्रिया ।
