काठमाडौं क्षेत्र नं ७ (१ ) मा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज ११ ।

काठमाडौं क्षेत्र नं ७ (१ ) मा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नम ७ (१ ) बाट निर्वाचित बागमती प्रदेशका प्रदेस सभा सदस्य बसन्त मानन्धरको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रमको दोश्रो दिनको कार्यक्रम  काठमाडौं महानगरपालिका वडा नं १७ भोयछेँ, खुसिबुँमा सम्पन्न भएको हो।

जनचेतनालाई सशक्त बनाउँदै नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन र कोभिड १९ को कारण समस्यामा परेका स्थानियलाई सघाउ पुर्याउने उद्धेश्यले आयोजना गरिएको सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका  केन्द्रिय सदस्य, कामपा इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, पार्टी केन्द्रिय सदस्य, क्षेत्रपाटी नि:शुल्क जनचिकित्सालयका मेडिकल ड़ाइरेक्टर डा. प्रेमलकुमार जोशी ,जनस्वास्थ्य अभियन्ता सलिना शाही, वडा नं  १८ वडा अध्यक्ष  न्हुच्छेक़ाज़ी महर्जन, १७ नं. वडा सदस्य  बाबुराजा महर्जन लगायतले कोभिड -१९ को  बिषय केन्द्रितरहेर आफ्नो विचार प्रस्तुत गरेका थिए।

स्थानीय तहको  आवश्यकता अनुरुप टोल-टोलमा जनसचेतना अभियान संचालन गर्ने निर्णय गरेको सो कार्यक्रमको संचालन कार्यक्रमको संचालन कामपा १७ का पार्टी नेता मचाराजा महर्जनले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।