काठमाडौंको पेप्सीकोलामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ११।
टिम ब्लडपल, चिया चौतारी र टक टू मी को संयुक्त आयोजना साथै स्थानीय अग्रज व्यक्तिहरूको सहयोगमा विश्वभरी महामारी रुपमा फैलिएको कोभिड -१९ को विषम परिस्थितिमा चौथर्फि रुपमा बढिरहेको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ काठमाडौंको पेप्सीकोला स्थित सिद्धकाली मन्दिर परिसरमा “आकस्मिक रक्तदान कार्यक्रम” सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी जम्मा ३८ जनाले रक्तदान गरेको टीम ब्लडपलका कार्यक्रम प्रतिनिधि तारा लामाले जानकारी दिएका छन।

सो कार्यक्रममा कार्यक्रम संयोजक तारा लामा, चिया चौतारीका प्रतिनिधि रबिना कार्की, टक टू मीका प्रतिनिधि देव श्रेष्ठले संयुक्त रुपमा सम्पुर्ण रक्तदाताहरु, स्वयंसेवकहरु,सहयोगी संस्थाहरु ,चिया चौतारी सनराइज दोलखाली क्याटरिङ सर्विस,अघि बढ्छौं, हाम्रो लाइफ बैंक, रेडक्रस सोसाइटी भक्तपुर र एभरग्रिन अटो वर्कशप लगायतका सहयोगी संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिदै प्रसंशा पत्र वितरण गरेका थिए ।
दान, उत्प्रेरणा र सम्मान (donate motivate and aappricate) भन्ने मुख्य उदेश्यका साथ निरन्तर संचालित यस टीम ब्लडपलले अहिले कोरोनाको विषम परिस्थितिमा पनि आकस्मिक रक्तदाता खोज्न निरन्तर लागि परिरहेको संस्थाका सल्लाहकार सुशन कर्माचार्यले बताएका छन।
तपाइँको प्रतिक्रिया ।
