गोकर्णेश्वर नगरपालिकामा कुन शिर्षकमा कति छ मनोरञ्जन कर ?

कपन अनलाइन

काठमाडौं ,असोज १०।

गोकर्णेश्वर नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ का लागि विभिन्न क्षेत्रमा मनोरञ्जन कर तोकिएको छ । सो नगरपालिकाको अनिसुची ८ को दफा ९ बमिजिम निम्न मनोरञ्जन कर तय गरिएको छ ।
१. स्नुकर ,पुल हाउस ,भिडियो गेम पार्लर – ५ हजार

२.स्विमिंग पुल र फुट्सल – ७ हजार

३.गजल तथा दोहोरि साँझ ,केकाल टीभी र इन्टरनेट – १० हजार

४.सांस्कृतिक प्रदर्शनी हल -१० हजार

५.डान्स वार -१५ हजार

६.डिस्को थेक – २० हजार

७.सिनेमा हल ,वाटर ल्याण्ड ,र अन्य मनोरन्जन – २५ हजार

नोट : यसका साथै सिनेमा हल , वाटर ल्याण्ड ,सांस्कृतिक प्रदर्शनी हलहरुले प्रति टिकटको १० प्रतिसत रकम टिकट मै उल्लेख गरेर नगरपालिकामा बुझाउनु पर्नेछ ।

तपाइँको प्रतिक्रिया ।