शुक्रराज ट्रपिकल केन्द्र टेकुको अनुगमनमा संसदीय उपसमिति
कपन अनलाइन
काठमाडौं ,असोज ८।
संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज मिति २०७७।०६।०८ गते बिहिवार , माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा शुक्रराज ट्रपिकल सरुवा अस्पताल टेकुको अनुगमन गरेको छ । विभिन्न मिडिया र पत्रपत्रीकामा त्यस अस्पतालमा पिसिआर परिक्षणका लागि अनियंत्रित रुपमा सर्वसाधारणको भिड भई झनै संक्रमणको जोखिम बढेको भन्ने खबर पाएपछी आजै माननीय संयोजकज्यूको निर्देशन अनुसार उपसमितिको सचिवालयले करिब २ बजे अनुगमनका लागि त्यारी गरेको थियो र सोही बमोजिम त्यस अस्पतालको अनुगमन उपसमितिले गरेको थियो ।
उक्त बिषयका सन्दर्भमा अस्पतालमा कोभिड-१९ को संक्रमित उपचारमा रहेका आईसयु को निरीक्षण र सेवा बारे जानकारी लिने कार्य भएको थियो। अस्पताल ब्यबस्थापन सग छलफलकोक्रममा अस्पतालका निर्देशक डा. सागर. राजभण्डारीले हाल पिसिआर जांच गराउन स्वाब दिन भिड लागेको बारे विशेषत उपत्यका बाहिर बाट काठमाडौ आएका कोठाभाडामाबस्ने ज्याला मजदुरीगर्ने भारतीय नागरिक र केहि संख्यामा तराईका नेपाली नागरिकहरू भएको जानकारी गराउनु भयो। वहाँहरूलाई घरबेटिले पिसिआर रिपोर्ट माग गर्ने र कामगर्ने ठाउँमा पनि रिपोर्ट माग गर्ने गरेको हुंदा केहि दिन देखि एक्कासि अनियंत्रित भिड बढेको कुरा उपसमितिलाई जानकारी गराउनुभएको थियो ।
यस सम्बन्धमा उपसमितिका संयोजक माननीय जीवन राम श्रेष्ठले अस्पतालमा देखिएको अब्यबस्थित भिड ब्यवस्थापनका लागि ध्यानाकर्षण गराउदै आबश्यकताको आधारमा परिक्षण गर्न र दैनिक परिक्षण गर्नुपर्ने सङ्ख्या बढी भएको भए सोहि अनुशार अन्य ल्याबमा गराउने ब्यबस्था मिलाउन ध्यान दिनुपर्ने बताउनुभयो। उपत्यकाभित्रका वडाका जनप्रतिनिधिहरुले यस्को समस्या समाधानका लागि भुमिका खेल्न मन्त्रालयले स्थानीय तहसंग समन्वय गरी आबस्यक ब्यबस्थाको लागि पहलगर्नु पर्ने बताउनुभयो। उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ ,मा. तिल बहादुर महत क्षेत्री, मा. अन्जना बिशन्खे, मा. सरिता न्यौपाने , उपसमितिका शाखा अधिकृत अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ६ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।
तपाइँको प्रतिक्रिया ।