फरक क्षमताका बालबालिकाको साथमा समाजसेवी देवी र नेकपा नेता जगतको जन्मदिन
कों अनलाइन
काठमाडौं ,असोज ८।
कर्मशील महिला अभियान नेपालकि अध्यक्ष देवी रेग्मी र नेकपा बूढानीलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौलाले आफ्नो जन्मदिन मनाएका छन्।
रेग्मी र निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर बुढानीलकण्ठ नगरपालिका वडा नं.११ स्थित बाल अपाङ्गका टेवा संस्थाका बालबालिकाहरुका लागि बिहान बेलुकाको खानाको व्यवस्था गरेका थिए। साथै खाजा खानको लागि १ कार्टून चाउचाउ, २० पाकेट चाउमिन, बिस्कुट, चिनी चियापत्ती र सरसफाइको लागि साबुनप्रदान गरेका थिए।
आफ्नो जन्मदिन घरमै बसेर भन्दापनि यस्ता बालबालिकाको साथमा मनाउन पाउँदा ज्यादै खुशी लागेको देवी रेग्मीको अनुभव थियो भने आफ्नो जन्मदिन खासै मनाउने नगरेको भएपनि आजभने फरक क्षमताका बालबालिकाको साथमा मनाउँदा आउँदा बर्षहरुमापनि यसैगरी मनाउने चाहना जागेको जगत निरौलाले धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रिया ।