संबिधान दिवसको अवसर पारेर बुढानिलकण्ठ नगरपालिकामा “नागरिक संवाद” शुभारम्भ हुने

संबिधान दिवसको अवसर पारेर बुढानिलकण्ठ नगरपालिकामा “नागरिक संवाद” शुभारम्भ हुने
कपन अनलाइन
काठमाडौं ,असोज ३।
बुढानिलकण्ठ नगरपालिकाले संबिधान दिवसको अवसर पारेर  कोभिड १९ नागरिक सम्बाद कार्यक्रमको शुभारम्भ गर्न लागेको छ। सोच नेपालको सहयोगमा हुने  सो संवाद कार्यक्रममा  नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने डाक्टर, वकील, जनप्रतिनिधि, समाजसेवी लगायत बिभिन्न बिसयका  बिज्ञहरुसंग छलफल तथा अन्तरक्रिया गरिनेछ।
त्यस्तै संबिधान दिवसको अवसरमा बिगतका वर्ष हरुमा झैँ यस वर्ष पनि  नगरपालिका क्षेत्र भित्र आ-आफ्नो घर वरिपरि ५० मिटर क्षेत्रमा भौतिक दुरि कायम गर्दै बिहान ८ बजे देखि ९ बजे सम्म सरसफाइ र बेलुका  आ आफ्नो घरमा दिपावली लगायतका कार्यक्रम आयोजना गरिएको जानकारी दिदै नगर प्रवक्ता नवराज भट्टराईले आज असोज ३ गते दिनको १ बजे अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताएका छन।
बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेका विविध गतिविधिहरुकाे समीक्षा सहित भविष्यमा संचालन गर्ने कार्यक्रमहरुका  सम्बन्धमा  छलफल हुने अन्तरक्रियाको प्रत्यक्ष प्रसारण बुढानिलकन्ठ नगरपालिकाको आधिकारिक फेसबुक पेज बाट गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।